नियम २४
ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन समिति
(१) बोलकबोलबाट ऋणपत्र निष्काशन गर्ने, कट्टी मूल्य निर्धारण गर्ने तथा धितोपत्र बजारमा ऋणपत्र सूचिकृत गरी धितोपत्र बजार मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार गर्ने सम्बन्धमा बैङ्कलाई राय सुझाव दिने कार्य समेतको लागि देहाय बमोजिमको एक ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार व्यवस्थापन समिति रहनेछः–
(क) बैङ्कको डेपुटी गर्भनर (राष्ट्र ऋण व्यवस्थापन विभाग हेर्ने) – अध्यक्ष
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि (सह–सचिव) – सदस्य
(ग) बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख – सदस्य
(घ) धितोपत्र बोर्डको अध्यक्ष – सदस्य
(ङ) धितोपत्र बजारको महाप्रबन्धक – सदस्य
(च) बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागको नायव प्रमुख– सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिले आफ्नो बैठकमा आवश्यकता अनुसार कुनै विशेषज्ञ वा कर्मचारीलाई आमन्त्रण गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको बैठकमा भाग लिए बापत समितिका अध्यक्ष, सदस्य तथा आमन्त्रित सदस्यले बैङ्कले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन् ।
(५) उपनियम (१) बमोजिमको समितिको अन्य काम, कर्तव्य र अधिकार बैङ्कले तोकिदिए बमोजिम हुनेछ ।